रेखा फिल्म्सलाई आर्यनको चुनौती

Written By Mahesh on Monday, July 25, 2011 | 9:20 AM

चलचित्र किस्मतबाट डेब्यु गरेका आर्यन सिग्देल युवा पुस्ताको बिचमा लोकप्रिय मानिन्छन् । आर्यन धेरैले रुचाउने मात्र हैनन् त्यो भन्दा बढीले आलोचना गर्ने नायक पनि हुन् । पटक पटक आफ्नै ब्यवहारका कारण आलोचित हुने गरेका आर्यनलाई धेरै चलचित्रकर्मीहरुले घमण्डी नायकको संज्ञा दिएका छन् ।

त्यसो त नायिका रेखासंग यिनको समबन्ध सुमधुर नहुनु, यिनलाई मदिरा प्रेमि नायको ट्याग लाग्नु, नायिका सिफारिस गर्नु, बढि पारिश्रमिक लिनु लगायतका बिषयले यिनलाई पटक पटक आलोचित बनाइरहेको छ । यसै प्रंसगमा आर्यनले एक दैनिक पत्रिकालाई आफुमाथि लागेका बिभिन्न सात आरोपमाथि सफाई दिएका छन् । जसमा 'रेखा फिल्म्ससँगको टकराव' बिषयको एजेण्डा प्रमुख बिषय बनेको छ ।

चलचित्रमा अनुहार देखाउन थानकोट-रत्नपार्क क्षेत्रमा धेरै नै चक्कर लगाएका यि नायकलाई चलचित्रमा ल्याउने श्रेय रेखा फिल्म्सलाई जान्छ । तर 'रेखा फिल्म्ससँगको टकराव' बिषयक सफाइमा आर्यनले रेखा फिल्म्सलाई चुनौती दिदै आफ्ना कुरा काट्नुको सट्टा जसलाई पनि चम्काउन सक्ने आत्मविश्वास भएकाले नयाँ प्रतिभा खोज्नतिर लाग्नु नै राम्रो हुने जनाएका छन् । आफू जस्तै हिरो बन्ने सपना पालेकाहरु सडकमा हजारौँ भेटिने भएकाले तिनीहरूको खोजी गर्न तिर लाग्न आर्यनले रेखा फिल्म्सलाई अनुरोध गरेका छन् ।

आफुले रेखा फिल्म्समा सस्तो रेटमा काम गरेको बताउदै आर्यनले कसैले ब्रेक दियो भन्दैमा आजीवन त्यो कम्पनीको फिल्म निःशुल्क खेल्नुपर्छ भन्ने नभएको बताएका छन् । काम राम्रो भएर कम्पनीले धेरै कमाएपछि कलाकारलाई पनि उचित रकम दिनुपर्छ भन्दै उनले आफुलाई स्टार बनाएको गफ दिनु बेकार भएको बताएका छन् । आफू जस्तै हिरो बन्ने सपना पालेकाहरु सडकमा हजारौँ भेटिने भएकाले तिनीहरूको खोजी गर्न तिर लाग्न आर्यनले रेखा फिल्म्सलाई अनुरोध गरेका छन् ।

आर्यनले 'रेखा फिल्म्ससँगको टकराव' को साथमा  निर्देशकलाई स्क्रिप्ट सिकाउने, पारिश्रमिकले आकास छोयो, हिरोइन सिफारिसमा अग्रसर, मदिरा प्रेम, पर्दाकै जस्तो रोमान्स , सम्झौता गर्दै फिल्म छोड्दै जस्ता सात आरोपको सफाई दिएका छन् ।

0 comments:

Post a Comment