कर छल्नेलाई कारवाही कि छुट ?

Written By Mahesh on Monday, July 25, 2011 | 9:01 AM


वषौ देखि बिदेशी चलचित्रमा लगाएको करबाट आफ्नो खर्च चलाउदै आएको चलचित्र बिकाश बोर्डले सरकारले यस वर्षको बजेटमा पनि चलचित्र क्षेत्रका लागी बजेट बिनियोजन नगरे पछि कर अनुगमनलाई तिब्रता दिएको छ । बिदेशी चलचित्रमा लगाएको करलाई नै आफ्नो प्रमुख आर्थिक श्रोतको रुपमा लिदै आएको बोर्डले पछिल्लो समय त एउटा समिती नै खडा गरेर हलहरुको निगरानी गर्न थालेको छ ।

नियम अनुसार नचलेको हलहरुलाई खारेजी गर्ने सम्मको अधिकार पाएको बोर्डले एउटा समिती गठन गर्दै पछिल्लो समय आफ्नो छड्के अनुगमनलाई तिब्रला दिएको छ । समितीले पछिल्लो समय काठमाडौका मल्टीकम्प्लेक्स हलहरुमा अनुगमन गर्ने क्रममा ती हलहरुले कर छलेको भेटेको जनाएको छ । समितीका सदस्य चेतन सापकोटाले दिएको जानकारी अनुसार काठमाडौका प्राय मल्टीकम्प्लेक्स हलहरुले बिभिन्न तरीकाले कर छलिरहेको पाइएको छ । सापकोटाले कुन-कुन हल भन्ने बारेमा स्पस्ट नाम नलिए पनि अधिकांश हलहरुरुले कर छलेको बताए । तर सिटी सेन्टर स्थित बिग सिनेमाले भने कर नछलेको सापकोटाको भनाई छ ।

समितीले गरेको अनुगमनका क्रममा केही हलहरुले ६० भन्दा बढी टिकटमा कर छलेको पाइएको सदस्य सापकोटाले जनाएका छन् । उनका अनुसार पास र भनसुनका आधारमा धेरै ब्यत्तिलाई बिना टिकट हलमा प्रबेश गराउदा बोर्डलाई आउने करमा घाटा हुन जान्छ । यसरी हलहरुले कर छलेको पाइए पछि अब अनुगमन समितीले ति हल माथी कस्तो कारबाही गर्ने हो भन्नेमा सबैको चासो छ । कर छल्ने हलहरुलाइ अब के कारबाही हुन्छ त ? भन्ने फिल्मीखबरको जिज्ञासामा समिती सदस्य सापकोटाले कर छलेर आर्थिक अपराध गरेको ठहर भएमा समितीले गर्ने कारबाही बारे बोर्डमा छलफल भैरहेको बताए । उनले भने, 'समिती अहिले सम्म के कारबाही गर्ने बारे निश्कर्षमा पुगी सकेको छैन । '
 

सापकोटाले दोषीलाई कारबाही गर्न समिती तयार रहेको बताए पनि समितीले एक पटकका लागी उनीहरुलाई माफि दिने तयारी गरीरहेको बुझिएको छ । आउने दिनहरुमा कर नछल्ने शर्तका साथ दोषिलाई पहिलो पटक भएकाले माफि दिने तयारी समितीले गरेको एक श्रोतले जनाएको छ ।  किनकी अहिलेको सक्रिय बनेको सेन्सर बोर्डले पनि केहि दिन अगाडी हलले सेन्सर लगाएको चलचित्रलाई नकाटी देखाउँदा पहिलो पटक भन्दै माफी दिएको थियो । यसै गरी आगामी दिनमा पनि गल्ति गर्ने र पहिलो पटक हो भन्दै माफी दिंदै जाने हो भने सक्रिय बनेको यो टिम निष्क्रिय जस्तै बन्नेमा दुई मत छैन ।

अनुगमनको क्रममा बिभिन्न हलहरुले कर छलेको पाए पछि अब बोर्डले कारवाही गरेर आफ्नो कार्यलाई क्रियाशिल बनाउँछ या दोषी पत्ता लगाएर पनि माफी दिंदै बोर्ड मुख दर्शक जस्तै बनेर बस्छ त्यो हेर्न बाँकी नै छ ।

0 comments:

Post a Comment