'ब्रेक फेल' को गीत वर्ल्ड प्रिमियर

Written By Mahesh on Wednesday, July 27, 2011 | 12:12 PM


दिनप्रतिदिन बढ्दै गईरहेको फिल्मीखबरको लोकप्रियतालाई मध्यनजर गर्दै निर्माता तथा निर्देशकहरूले आफ्ना चलचित्रको गीत तथा पोस्टर सार्वजनिक गर्ने कार्यलाई तिब्रता दिंदै आएका छन् । यसै क्रममा भाद्र १६ गते रिलिज हुन लागेको चलचित्र 'ब्रेक फेल' को गीतलाई पनि फिल्मीखबर डटकमबाट वर्ल्ड प्रिमियर गरिएको छ ।

वर्ल्डवाईड मुभि मेकर्सको व्यानरमा निर्माण गरिएको चलचित्र 'ब्रेक फेल' को शिर्ष गीतलाई फिल्मीखबर डटकम र रजतपटले एकसाथ प्रिमियर गरेको छ । द युनिटी व्यान्डको स्वर तथा संगीत रहेको सो गीतमा राजेश हमाल, ऋचा घिमिरे, निरज बराल, बिमलेश अधिकारी, चिरन, सुवास थापा, पुष्कर भट्ट, शिबहरी कार्की लगायतले नृत्य गरेका छन् । उक्त गीतमा युनिटी व्याण्डका गायक तथा र्‍यापर सुदिन पोखरेल, आसिफ साह र अमितलाई देख्न सकिने छ ।
 
नायिका ऋचा घिमिरेको प्रस्तुती रहेको ब्रेक फेल मसलेदार कमेडी चलचित्र हो । यस चलचित्रमा राजेश हमाल, ऋचा घिमिरे, निरज बराल, बिमलेश अधिकारी, सुवास थापा, ममता प्रधान, पुष्कर भट्ट, चिरन, मदन महत, शिबहरी कार्की लगायतका कलाकारहरूको अभिनय गरेका छन् । चलचित्रलाई मनोज कुमार घिमिरे, शिबहरी कार्की र प्रदिप सिंहले निर्माण गरेका हुन् । चलचित्रमा द युनिटी व्यान्डको साथमा सत्यस्वरूपको पनि संगीत रहेको छ ।

काठमाण्डौ, चितवनको साथमा सुदूर पश्चिमका रमणिय स्थानमा छायाँकन गरिएको चलचित्र ब्रेक फेलको बिषयमा फिल्मीखबर डटकमले आजैबाट क्विज पनि राखेको छ । हरेक साता ब्रेक फेलका बारेमा बिभिन्न प्रश्न राखिने छ र सो क्विजमा बिश्वका जुनसुकै कुनामा बस्ने नेपालीहरूले सहभागिता जनाउन सक्नेछन् । उक्त क्विज प्रतियोगितामा सहि उत्तर पठाउने मध्ये एक जनालाई गोला प्रथाद्वारा पुरस्कृत गरिने छ । बिजेत चलचित्र ब्रेक फेलको रेड कार्पेट प्रिमियरमा सहभागी हुन पाउने छन् ।

चलचित्र ब्रेक फेलमा आधारित रहेर फिल्मीखबरले ब्रेक फेल रिलिजको पूर्व सन्ध्या सम्ममा आधा दर्जन प्रश्न राख्ने छ । क्विजको अन्तिम दिन बिजेताहरू मध्ये एक जनाले ब्रेक फेलका कलाकारहरूसँग डिनर गर्न पाउने छन् । क्विज खेल्न र नियमहरू थाहा पाउन तलको लिङ्कमा क्लिक गर्नुहोला !

0 comments:

Post a Comment